वि.सं:
नेपाल संवत: ११४५ दिल्लागा तृतीया - १८
नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत पर्ने ९ वटा जिल्ला मध्ये छिमेकी देश भारत र चीन दुवै देशसँग सीमाना जोडिएको जिल्ला दार्चुलाको सदरमुकाम खलंगा स्थित महाकाली नगरपालिका वडा नं. 4, पुलघाँटमा अवस्थित दार्चुला भन्सार कार्यालय, महाकाली भन्सार कार्यालय, झुलाघाँट, बैतडी अन्तर्गतको छोटी भन्सार कार्यालयको रुपमा रहेकोमा मिति 2077/05/01 गते देखि मूल भन्सार कार्यालयको रुपमा सञ्चालनमा आएको हो । नेपाल भारत जोड्ने महाकाली नदीमाथि निर्मित झोलुङ्गे पुलको माध्यमबाट दुई देशबीच व्यापार हुँदै आएको छ । यस सीमानाकाबाट मुख्यतः खरी निकासी हुने गर्दछ भने खाद्यान्न, जुत्ता लगायतका दैनिक उपभोग्य सामग्री पैठारी हुने गर्दछ ।